दुर्घना प्रकरणः मृतकका आफन्तले चालकको घर र पसल जलाए
जाजरकोटमा बुधबार भएको जिप दुर्घटनामा परी मुत्यु हुनेका आफन्तले विहिवार चाकको घर र पसलमा आगो लगाएका छन।
मृतकका आफन्तले गाडी चालक जुनीचाँदे–५ स्थित मटेलमा रहेको गोर्खबहादुर बस्नेतको घर र छेडागाड नगरपालिकाको सुवानाउलीमा रहेको पसलमा आगजनी गरेका छन् ।
घटनाको जानकारी पाएपछि प्रहरी टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जिपका चालक फरार छन् ।
उक्त दुर्घनामा परी मुत्यु हुनेको संख्या सात पुगेको छ । बिहीबार जुनीचाँदे गाउँपालिका–११, का १७ वर्षीय लालबहादुर बुढाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या सात पुगेको हो।
सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिका जाने क्रममा भे १ ज ९३५ नम्बरको जिप बुधबार दिउँसो ३ बजे जुनीचाँदे गाउँपालिका–२ स्थित औलखोलामा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी जुनीचाँदे गाउँपालिका–११ का वडाध्यक्ष अमरबहादुर शाही, सोही वडाका ६५ वर्षीय कृतीबहादुर शाही, जुनीचाँदे गाउँपालिका–५ की मालिका बस्नेत, सोही वडाका २८ वर्षीय कृष्णबहादुर शाही, ३० वर्षीय खिमबहादुर शाही र छेडागाड नगरपालिका–५ का कर्णबहादुर शाहीको मृत्यु भएको थियो ।
घाइते नरबहादुर बुढाको सुर्खेतस्थित देउती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।