News

आईसोलेसनमा पनि गगन विरुद्ध नेकपा कार्यकर्ताको तारो !

आईसोलेसनमा पनि गगन विरुद्ध नेकपा कार्यकर्ताको तारो !

कोरोनाभाइरसबाट सङ्क्रमित भएर होम आइसोलेसनमा बस्दा समेत कांग्रेस नेता गगन थापामाथि नेकपाको प्रहार जारी नै छ । सत्तापक्षीय नेकपाका कार्यकर्ताहरुले थापा विरुद्ध नियोजित तरिकाले भ्रामक प्रचार गरिरहेका छन् ।

पछिल्लो पटक त्रिभुवन विश्वविद्यालयका प्राध्यापक माथी भएको आक्रमणको विषयमा समेत थापालाई जोडेर प्रचार गर्न थालिएको छ । असोज २० गते त्रिविको समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथी किर्तिपुरस्थीत केन्द्रीय क्याम्पस परिसरमा आक्रमण भएको थियो ।

आक्रमणमा नेविसंघका कार्यकर्तालाई जिम्मेवार ठहराईएको छ । आक्रमण भएको भोलीपल्ट नै थापाले उक्त घटनाको विरोध गरेका थिए । दोषीलाई कारबाही गर्न उनले माग गरे। जुनसुकै बाहनामा जुनसुकै राजनीतिक आस्था वा झण्डा बोक्नेले गरेको भएपनि आक्रमणकारीलाई तत्काल कारबाही गर्न उनले माग गरेका थिए । तर, नेकपाका केही कार्यकर्ताहरुले भने घटनामा थापालाई जबरजस्ती जोडेर हल्ला चलाएका छन् ।
आक्रमणकारीहरुले प्रयोग गरेको भनिएको मोटरसाइकल प्रहरीले वरामद गरेको छ । ब्लुबुकमा बिरगंजका मानष कोइराला उल्लेख गरिएको छ। तर नेकपाका कार्यकर्ताहरुले भने अनुराधा कोइरालाका छोरा मनिष कोइराला भन्दै प्रचार गरिरहेको पाइएको छ।

पीडित मनिष कोइरालाले आफ्ना विरुद्धमा गलत प्रचार गरिएको भन्दै आपत्ति प्रकट गर्दै गलत प्रचार गर्नेहरुका विरुद्धमा उजुरी गर्न लागेको बताएका छन् । उनले अर्काको नाम आफु विरुद्धमा जोडेर नियोजित रुपमा गतल प्रचार गर्दा आफ्नो मानप्रतिष्ठामा अपुरणीय क्षती भएको भन्दै भ्रममा नपर्न पनि भनेका छन्। 
 

विशेष