धरान र विराटनगरमा १/१ जना कोरोना संक्रमितको मृत्यु
धरान र विराटनगरमा १/१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
कोरोना संक्रमणपछि होम आईसोलेसनमा विराटनगर महानगरपालिका–५ का ८२ वर्षीय वृद्धको बिहीबार बिहान साढे ६ वजे मृत्यु भएको छ ।
उनलाई १९ असोजमा कोरोना संक्रमण देखिएको थियो । ज्वरो आउने, श्वास फेर्न गाह्रो हुनेलगायत लक्षण देखिएका उनले पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
गत सोमबार पनि बिराटनगर–११ पिचराका एक वृद्धको पनि घरमै मृत्यु भएको थियो । मृत्यभएपछि स्वाव परिक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सुनसरीको धरान–१० का ३९ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको छ ।
१२ असोजमा कोरोना संक्रमण पुष्टि भएपछि उनी १३ गते उनी अस्पताल भर्ना भएका थिए । बिहीबार बिहान ४ः३० बजे उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।