News

डा. केसीका प्रतिनिधि र सरकारी टोली विच वार्ता

डा. केसीका प्रतिनिधि र सरकारी टोली विच वार्ता

स्वास्थ्य क्षेत्रका सुधारका माग गर्दै आमरण अनसन वसको डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोली विच वार्ता सुरु भएको छ ।

डाक्टर केसीका सहयोगीहरुले दिएको जानकारी अनुसार शिक्षा मन्त्रालयमा दुवै टोलीबीच वार्ता सुरु भएको हो ।

वार्तमा डाक्टर केसीका मागहरु राख्ने र अविलम्ब पूरा गर्न आग्रह गरिने जनाईएको छ । सरकारले डा. केसीसँग वार्ता गर्न बुधबार तीन सदस्यीय टोली गठन गरेको थियो । त्यसलगत्तै डा. केसी पक्षबाट पनि चार सदस्यीय वार्ता टोली बनेको छ ।

सरकारी टोलीमा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा छन् भने डा. केसीका तर्फबाट ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ का डा. जीवन क्षत्रीको संयोजकत्वमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।

केसी विगत २५ दिनदेखि अनशनरत अनसनमा छन् । उनले सम्झौता गर्ने र पुनः उल्लंघन गर्ने चक्र चलिरहँदा ओली नेतृत्वको सरकारका पालामा सबैभन्दा बढी सत्याग्रह गर्नुपरेको बताए । 

विशेष