News प्रदेश १

प्रदेश १ का सवै विद्यालय दश वर्षभित्र ‘डिजिटल स्कुल’ वन्ने

प्रदेश १ का सवै विद्यालय दश वर्षभित्र ‘डिजिटल स्कुल’ वन्ने

प्रदेश १ का सवै विद्यालयलाई दश वर्षभित्र डिजिटल वनाउने प्रदेश सरकारको महत्वकांक्षी योजना अघि वढेको छ ।

सरकारको लक्ष्य अनुरूप सामाजिक विकास मन्त्रालय र धरान उपमहानगरपालिकाबीच विच शिक्षकलाई तालिम दिने विषयमा बुधबार एउटा सम्झौता समेत भएको छ । नगरकातर्फबाट प्रमुख तिलक राई र मन्त्रालयको तर्फबाट उपसचिव कृष्ण पोखरेलले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार धरान नगरभित्रका एक सय जना शिक्षकलाई क्षमता विकासका लागि ६० दिने आधारभूत ‘आइसिटी’ तालिम दिइँदै छ । जसमा ९० जना सामुदायिक र १० जना स्ंस्थागत विद्यालयका शिक्षक सहभागि हुने छन् । तालिममा मन्त्रालयले १ लाख ५० हजार र नगरले १ लाख रुपैयाँ खर्च गर्नेछन्।

तालिमले शिक्षकहरूको क्षमता अभिवृद्धिसँगै भावि दिनमा स्कुलहरूलाई अनलाइन प्रविधिमा लान मद्दत गर्ने शिक्षा खेलकुद महाशाखाका प्रमुख रत्नबहादुर कट्वालले बताए ।

तालिमपछि स्कुलहरूमा स्मार्ट कक्षा व्यवस्थापन गरिने छ भने शिक्षक आइसिटीमैत्री हुनेछन् । अभिभावकलाई पनि डिजिटल साक्षरता अभियानमा सहजीकरण गरिने मन्त्रालयका उपसचिव पोखरेलले जानकारी दिए । 
 

विशेष