मोरङ कारागारका एक बन्दीको कोरोनाले मृत्यु
मोरङ्गको कोसी अस्पतालमा उपचाररत एक वन्दीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका–४ घर भएका जिल्ला कारागार मोरङका २० वर्षीय युवक (वन्दि) को शुक्रबार मृत्यु भएको हो ।
उनलाई बिहीबार अस्पताल भर्ना गरिएको थियो । उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गराउँदा पोजिटिभ रिपोर्ट आएको कोशी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताए । उनी शरीर सुन्निएर काम्ने रोगका कारण अस्पताल भर्ना भएका थिए ।
उनी २०७६ माघ २१ देखि लागू औषध मुद्दामा पुर्पक्ष थुनामा रहेको मोरङ कारागार प्रमुख सुभाष लामिछानेले जानकारी दिए ।
यसअघि लागुऔषध मुद्दामा मोरङ कारागारमा रहेका इटहरी–४ कै २७ वर्षीय युवकको कोरोनाले मृत्यु भएको थियो ।