लक्षण भएका संक्रमितले धरानको कोरोना अस्पताल प्याक
धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले संचालन गरेको कोभिड अस्पताल प्याक भएको छ ।
अस्पतालमा लक्षण भएका संक्रमितले बेड भरिएकाले उपचारका लागि आउने विरामीले सम्पर्क गरेर मात्र आउन अस्पतालले सुचित गरेको छ ।
अस्पतालसँग समन्वय नगरी आएमा आइसियू र भेन्टिलेटर तथा बेडको अभाव हुने अस्पतालले जनाएको छ। अस्पतालले समन्वयका लागि कोअर्डिनेटर डा इन्द्र लिम्बूको फोन नम्बर (९८५२०६१०९२) समेत उपलब्ध गराएको छ ।