डा. गोविन्द केसी र सरकारी वार्ता तोलीवीच सहमति, अन्तिम वुँदामा पनि कुरा मिल्यो
शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि अनसन वसेका डा. गोविन्द केसी र सरकारी वार्ता टोली विच सहमति भएको छ ।
दुबै वार्ता टोलीले सहमतिलाई औपचारिकता दिएपछि आजै अनसन तोड्ने तयारी रहेको स्रोतले जनाएको छ । विहिवारै सहमतिको अन्तिम चरणमा रहेको टोलीले शुक्रवारको वार्ता मार्फत सवै वुँदामा सहमति खोजेको जनाईएको छ ।
शिक्षा सचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको वार्ता टोली बिहीबार देखिनै निरन्तर वार्तामा छ ।
बिहीबार सहमति हुन नसकेको विषय डा. केसीको ६ बुँदे मागको चौथो बुँदा थियो । शुक्रबार दुबै पक्षले आन्तरिक परामर्श गरेपछि सहमतिलाई अन्तिम रुप दिइएको हो ।
स्रोतका अनुसार विश्वविद्यालय, आईओएम, काउन्सिल र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड ऐनमै राख्ने र ऐन संशोधन नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा नियुक्ति गर्ने सहमति भएको छ ।