सिमा अनुगमन गर्न गएको नेपाली टोली माथि चिनियाँ सुरक्षाकर्मीको अश्रुग्याँस आक्रमण

सिमा अनुगमन गर्न गएको नेपाली टोली माथि चिनियाँ सुरक्षाकर्मीको अश्रुग्याँस आक्रमण

हुम्लामा चिनीयाँ सुरक्षाकर्मीले नेपाली भुमिमा प्रवेश गरेर नेपाली माथि आक्रमण गरेका छन् ।
सीमा स्तम्भ अनुगमन गर्न गएको नेपाली टोली माथि आक्रमण गरिएको हो ।
 
सीमा स्तम्भ अनुगमन गर्न गएको टोली फर्किने क्रममा थियो । सोही क्रममा चिनियाँ सुरक्षाकर्मीले अश्रु ग्याँस प्रहार गरेको जनाईएको छ । 

टोलीमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीसहितका नेता सहभागि छन् । अनुगमन गरेर फर्किने क्रममा उनीहरुमाथि चिनियाँ सुरक्षाकर्मीले नेपाली भुभागमा प्रवेश गरेर अश्रु ग्याँस प्रहार गरेको नाम्खा गाउँपालिकाकी उपाध्यक्ष पेना लामाले वताए ।

नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमास्तम्भको अनुगमनका क्रममा चिनियाँ पक्षले टियर ग्यास प्रहार गरेको उनले बताए।

५, ६, ७ र ८ नम्बर सीमा स्तम्भको अनुगमन गरेर फर्किँदै गर्दा ९ नम्बर सीमास्तम्भ नजिकै पुगेपछि नेपाली टोलीलाई अश्रु ग्यास हानिएको लामाको भनाई छ । अश्रु ग्याँसका कारण आफनो समेत आँखामा सामान्य चोट लागेको उनले जानकारी दिए । 
 

संम्बधित खबर

विशेष