सप्तरीमा कोरोना संक्रमवाट एक पुरुषको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट सप्तरीमा थप एक पुरुषको मृत्यु भएको छ ।
डाकनेश्वरी नगरपालिका ४ का ६७ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । उनी राजविराज ६ मा वसोवास गर्दै आएका थिए।
कोरोना रिपार्ट पोजेटिभ आएपछि उनी आईसोलेसनमा वसेका थिए । स्वासप्रस्वासमा समस्या देखिएपछि १८ असोजमा उनलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो ।
विहिवार राती स्वास्थ्य थप जटिल भएपछि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएका वृद्धको बाटोमै मृत्यु भएको जनाईएको छ । उनलाई निमोनियाँको थप समस्या देखिएको चिकित्सकले जानकारी दिएका छन् ।
यो सहित सप्तरीमा कोरोना संक्रमण भएका मृतकको संख्या १८ पुगेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।