जनप्रतिनिधिलाई धम्कि दिने गुण्डा नाईके राधे भण्डारी पक्राउ
जनप्रतिनिधिलाई धम्कि दिएको आरोपमा धादिङका गुण्डा नाइके राधे भण्डारी पक्राउ परेका छन् ।
सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि उनले अवैध रुपमा बालुवा निकालिरहेपछि जनप्रतिनिधिले त्यसमा रोक लगाएका थिए । सोहि विषयमा भण्डारीले जनप्रतिनिधिलाई धम्की दिएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ।
गाउँपालिकाका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय, धादिङमा उजुरी दिएपपछि भण्डारीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।
भण्डारी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष हुन् । उनी २३ जेठमा धादिङमा हतियारसहित पक्राउ परेका थिए । २१ असार ०७० मा धादिङबाट राजधानी फर्किने क्रममा गुण्डा नाइके दिनेश अधिकारी (चरी) लाई गोली हानेपछि उनी चर्चामा आएका हुन ।