News

मृत्युपछि कोरोना पुष्टि

मृत्युपछि कोरोना पुष्टि


बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ की ८५ वर्षीया महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ।
भेरी अस्पतालमा उपचाररत ति महिलाको २१ असोजमा मृत्यु भएको थियो ।

उपचारका लागि उनी असोज २१ गते नेपालगञ्ज मेडिकल कलेज पुगेकी थिइन् । तर त्यहाँ आईसीयू बेड नपाएपछि सोही दिन साँझ उनी भेरी अस्पतालमा भर्ना भएकी हुन्। बुधबार साँझ अस्पतालमा भर्ना भएकी उनको सोही दिन साँझ पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । उपचारको क्रममा बिहीबार राति ९ बजे मृत्यु भएपनि शुक्रबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
 

विशेष