News

लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री केसीलाई कोरोना

लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री केसीलाई कोरोना

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण भएको छ ।

सामान्य रुघाखोकी लागेर स्वास्थ्यमा समस्या देखिएपछि शुक्रवार उनले स्वाव परिक्षण गराएका थिए । लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको उनका स्वकीय सचिव पवन कुँवरले पुष्टि गरे। 

कोरोना पुष्टि भएपछि उनी मन्त्रालयकै निवासमा होम आइसोलेसन बसेका छन्। केसीलाई कोरोना संक्रमण देखिएपछि अन्य विशिष्ठ व्यक्तिहरू पनि जोखिममा परेका छन्।

गत मंगलबार मात्रै प्रदेशसभा बैठकमा सहभागी भएका केसीलाई संक्रमण भएपछि अन्य सहभागीहरूमा पनि संक्रमणको जोखिम बढेको हो। बैठकमा मुख्यमन्त्री शंकर पोखरेलसहितका मन्त्री, सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरु समेत थिए ।

विशेष