News

डिन वरखास्तीको मागका कारण रोकिएको वार्ता अझै सुरु भएन

डिन वरखास्तीको मागका कारण रोकिएको वार्ता अझै सुरु भएन

डिन वरखास्त गर्नु पर्ने अडानका कारण रोकिएको सरकार–केसी पक्ष वाता अझै सुरु हुन सकेको छैन । सरकारी वार्ता टोलीले समय नदिँदा वार्तामा ढिलाइ भएको छ । 

बिहानैबाट वार्ता थाल्ने भने पनि सरकारी टोलीले समय नदिएको डा. केसी पक्षको वार्ता टोलीका सदस्यले वताए ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भन्दै सरकारी वार्ता टोलीले समय मागेको थियो । पछि आन्तरिक गृहकार्यका लागि भन्दै वार्ता स्थगित गरिएको थियो । बिहीबार दुई पक्षबीच करिब १० घण्टा छलफल भयो ।

सरकारी पक्षले समय नदिएको कसी पक्षको गुनासो छ । सरकारी वार्ता टोलीले भने केसीका मागबारे प्रधानमन्त्रीलगायत सम्बन्धित निकायसँग परामर्श भइरहेको जनाएको छ ।

डा. केसी पक्षले भने प्रधानमन्त्री ओलीले समय नदिएका कारण गाँठो फुक्न नसकेको ताएका छन् । ‘प्रधानमन्त्रीले ५ मिनेट समय दिए कुरा टुंगिन्छ’  डा. केसी पक्षको वार्ता टोलीका सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले भने –‘तर, प्रधानमन्त्रीले नै चासो दिनु भएको छैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले नै सत्याग्रही केसीको नाजुक शारीरिक अवस्थालाई बेवास्ता गर्दै वार्तामा ढिलाइ गरेको सोलिडारिटी फर डाक्टर केसी अलायन्सले आरोप लगाएको छ ।

डाक्टर गोविन्द केसीका मागलाई गम्भीरताका साथ लिन सरकारलाई उनका प्रतिनिधिहरुले चेतावनी दिएका छन् ।

सरकार र डा. गोविन्द केसी पक्षबीचको बिहीबारको वार्ता त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा वरिष्ठता मिचेर नियुक्त डिन डा. दिव्यासिंह शाह र डा. निर्देशक दिनेश काफ्लेको बर्खास्तीमा पुगेर रोकिएको थियो ।
 

विशेष