धुम्वाराही हिडेका दाहालको वालुवाटार ट्रान्जिट
पार्टी मुख्यालय धुम्बाराहीमा सचिवालयका बहुमत सदस्यबीच छलफल गर्ने तयारी गरीरहेका नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अचानक वालुटार पुगेका छन् । वहुमत सदस्यको छलफल पुर्व अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटन उनी वालुटार पुगेका हुन् ।
दाहालले मंगलबार दिउँसो ४ बजे पार्टी मुख्यालय धुम्बाराहीमा सचिवालयका सदस्यलाई छलफलका लागि बोलाएका छन् । त्यसअघि ओलीले भेट्न बोलाएपछि दाहाल बालुवाटार पुगेको जनाईएको छ । ओलीसँगको भेट सकिएपछि दाहाल धुम्बाराही पुगेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । यद्यपि दुई अध्यक्षबीचको छलफलमा के भयो भन्ने जानकारी गराईएको छैन ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले धुम्बाराहीमा सचिवालयका सवै सदस्यलाई खवर गरिएको वताए । कात्तिक २१ मा पार्टी कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष दाहालले बोलाएको अनौपचारिक बैठकमा पार्टीको औपचारिक बैठकको सहमतिका लागि ओलीलाई लिखित पत्रसहित सामूहिक भेटेर आग्रह गर्ने निर्णय गरेका थिए । त्यही निर्णयअनुसार कात्तिक २२ मा पुनः धुम्बाराहीमा छलफलपछि दाहालसहितका बहुमत सदस्य ओली पत्र बुझाएका थिए ।
उक्त पत्रमा ओलीले विधान अनुसार वैठक वोलाउने तोक लगाएको जनाईएको छ ।