धुम्वाराही भेलामा प्रचण्डको व्रिफिङ– वैठक वोलाउनोस् भनेर आएँ
नेकपाका कार्यकारी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सचिवालय सदस्यको मंगलवारको भेला पनि अनौपचारीक रुपमा नै सकिएको छ ।
भेलामा जानु अघि प्रचण्डले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए । भेटमा विहिवार वैठक राख्न प्रस्ताव गरेको भेलामा उनले जानकारी गराएका छन् । सोहि विषयमा सामान्य छलफल गरेर भेला सकिएको छ ।
प्रवक्ता नारायण काजी श्रेष्ठले प्रचण्डले वैठकका लागि प्रस्ताव गरेको तर ओलीले सहमति जनाई नसकेको वताए । बिहीबारको बैठकमा भने ओली नआए पनि बहुमत सदस्यबीच बैठक बस्ने तयारी छ ।
धुम्बाराहीको अनौपचारिक छलफलमा अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ सहभागी थिए ।
यसअघि कात्तिक २१ मा पनि सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठक धुम्बाराहीमा बसेको थियो । उक्त बैठकमा औपचारिक बैठकको सहमतिका लागि अध्यक्ष ओलीलाई लिखित पत्रसहित सामूहिक भेटेर आग्रह गर्ने निर्णय भएको थियो भने गत शनिबार प्रधानमन्त्री एवं अध्यक्षलाई लिखित पत्रसहित भेटेर सचिवालयको बैठक बस्ने कुरामा सहमति जनाउन र तुरुन्त बैठक बस्न अनुरोध गरिएको थियो । तर, ओलीले विधान अनुसार वैठक वोलाउने भन्दै पत्रमा तोक लगाएपछि वहुमत सदस्यको आज पनि भेला वोलाईएको हो ।