News

कुलमानलाई प्राधिकरणमा नल्याउने सरकारको तयारी !

कुलमानलाई प्राधिकरणमा नल्याउने सरकारको तयारी !

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुनै पनि हालतमा कुलमान घिसिङ्गलाई नल्याउने रणनीति वनाएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतबार निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई दिएपछि सरकारको भित्री उदेश्य वाहिर आउन थालेका छन्। सरकारले निमित्तवाट काम चलाउँदै जाने र सवैको ध्यान कुलमानवाट हटाउने रणनीति वनाएको श्रोतको दावी छ।

समय घर्किदै गएपछि कुलमानको लोकप्रियता घटेर जाने र प्राधिकरणको काम पनि अघि वढ्ने रणनीति अनुसार हाललाई निमित्तका रुपमा साक्यलाई पुरा जिम्मेवारी दिएर नियुक्त गरिएको जनाईएको छ ।

मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले साक्यलाई प्राधिकरणमा निमित्तको जिम्मेवारी दिईएको वताए । कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यकाल सकिएर भदौ ३१ गते प्राधिकरणबाट बिदा भएपछि यो पद खाली छ ।

अर्को व्यवस्था नहुँदासम्मका लागि भन्दै मन्त्रालयले शाक्यलाई निमित्तको जिम्मेवारी दिएको हो । शाक्य प्राधिकरणका सबैभन्दा वरिष्ठ उपकार्यकारी निर्देशक हुन् । प्राधिकरणअन्तर्गतको एनईए इन्जिनियरिङमा काजमा खटिएका शाक्यलाई प्राधिकरणमा फिर्ता बोलाएर निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो ।

शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले शाक्यलाई एनईए इन्जिनियरिङबाट प्राधिकरणमा फिर्ता बोलाउन निर्देशन दिएका थिए । शाक्यलाई वरिष्ठताका आधारमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो ।

यसअघि शाक्य अर्को संस्थामा काजमा रहेको भन्दै अर्का उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्तको जिम्मेवारी दिइएको थियो । 
 

विशेष