ओलीलाई काउण्टर दिन दाहाल–नेपाल पक्षको भेला धुम्वाराहीमा
नेकपा अध्यक्ष एमव् प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक नबोलाएपछि कार्यकारी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधावकुमार नेपाल पक्षका नेताहरुको भेला आज पार्टी कार्यालयमा धुम्वाराहीमा वोलाईएको छ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच ४ बजेपछि पार्टी कार्यालमया छलफल हुने जनाईएको छ । प्रचण्डको सचिवायले भने यसको टुंगो लागि नसकेको जनाएको छ ।
यसअघि सचिवायलका पाँच सदस्यले शनिबार प्रधानमन्त्री ओलीलाई भेटेर बैठक वोलाउने लिखित माग गरेका थिए ।
उक्त पत्रमा प्रधानमन्त्री ओलीले विधान अनुसार गर्नु भनेर तोक लगाएका थिए। सचिवालय सदस्यहरूले बुझाएको पत्रका आधारमा विधान अनुसार बैठक बोलाउने सन्देश वोकेर महासचिव विष्णु पौडेल खुमलटार पुगेका थिए ।
अध्यक्ष प्रचण्डले भने यो प्रसंगमा विधान आकर्षित नहुने वताउँदै जतिसक्दो चाँडो वैठक वोलाउन माग गरेका थिए । उनले ओलीले वैठक नवोलाए आफै वोलाउने सन्देश पनि पठाएको श्रोतले जनाएको छ ।