News

धरानमा कोरोना संक्रमणका कारण तीन दिनभित्र पति पत्निकै मृत्यु

धरानमा कोरोना संक्रमणका कारण तीन दिनभित्र पति पत्निकै मृत्यु

धरानमा कोरोना संक्रमणका कारण तीन दिनभित्र पति पत्निकै मृत्यु भएको छ। धरान उपमहानगरपालिका–१४ का ७४ वर्षीय पुरुष र उनकी पत्नि ६७ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

पुरुषको बुधबार बिहान र महिलाको गत सोमबार कोरोनाले मृत्यु भएको हो । धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताका अनुसार पतिको उपचारका लागि अस्पताल पु¥याएलगत्तै र पत्निको उपचारपछि घर ल्याइएसकेपछि मृत्यु भएको हो ।

मृतक दुबै जनालाई कार्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारपछि कोभिड अस्पतालमा सार्न खोज्दा महिलालाई घर लगिएको थियो। घरमै वसिरहेका वेला अचानक स्वास्थ्यमा समस्या देखिएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएकोमा सोहि क्रममा मृत्यु भएको जनाईएको छ । 

विशेष