News

रकम लिएर कोरोनाको गलत रिपोर्ट दिने तीन कर्मचारी पक्राउ

रकम लिएर कोरोनाको गलत रिपोर्ट दिने तीन कर्मचारी पक्राउ

पैसाका लागि कोरोनाको गलत रिपोर्ट दिने भेरी अस्पतालका तीन जना कर्मचारी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले आइसोलेसन वार्डका हेल्फर विवेक अधिकारी तथा सुरक्षाकर्मी बासुदेव जोशी र बद्री खनाललाई पक्राउ गरेको हो।

पैसाको लोभमा ‘पोजेटिभलाई नेगेटिभ र नेगेटिभलाई पोजेटिभ बनाएर पिसिआर रिपोर्ट दिएको पाईएपछि उनीहरुलाई पक्राउ गरिएको सिडिओ रामबहादुर कुरुङबाङले वताए ।

उनीहरुलाई सरकारी किर्ते र अख्तियार दुरुपयोग गरेको अभियोगमा कानुनी कारबाही हुने उनले बताए।

अस्पताल स्रोतले पनि उनीहरुले सेवाग्राहीसँग रकम लिएर केही समयदेखी गलत रिपोर्ट दिँदै आएका जनाएको छ । 
 

विशेष