News

कोरोनाका विरामीसँग धरौटी माग्ने अस्पतालहरुसँग स्पष्टिकरण

कोरोनाका विरामीसँग धरौटी माग्ने अस्पतालहरुसँग स्पष्टिकरण

अस्पतालले कोरोनाका विरामीसँग जथाभावी धरौटी माग्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरुलाई धरौटी शुल्क नलिन निर्देशन दिएको छ ।

 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धरौटी लिने अस्पतालको निर्णय गतल भएको भन्दै सूचना निकाल्ने सबै अस्पताललाई स्पष्टिकरण सोधिएको बताए ।

सक्नेसँग शुल्क लिने र नसक्नेलाई निःशुल्क उपचार गर्ने सरकारको निर्णय यथावत रहेको गौतमले दाबी गरे ।

सरकारले कात्तिक २ गतेदेखि लागू हुने गरी कोरोना उपचार र परीक्षणका लागि आफैं शुल्क व्यहोर्नुपर्ने निर्णय सार्वजनिक गरेको थियो । यो निर्णय पश्चात सरकारी अस्पतालहरुले धरौटी शुल्कसहितको सूचना प्रकाशित गरेका थिए ।

आर्थिक रुपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपांगता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मी लगायतको मात्रै सरकारले परीक्षण र उपचार गर्ने बताएको छ । 

विशेष