News

‘रअ’ प्रमुखसँगको भेटपछि ओलीको एक्सन–प्रचण्डजी तपाई आफ्नो बाटो लाग्नोस !

प्रचण्डले ओलीसँग सरकारको नेतृत्व माँगेपछि...

‘रअ’ प्रमुखसँगको भेटपछि ओलीको एक्सन–प्रचण्डजी तपाई आफ्नो बाटो लाग्नोस !

नेकपाका कार्यकारी अध्यक्ष पुस्पकमल दाहालले आफनै निवास खुमलटारमा आयोजित सचिवालय सदस्यहरुको भेलालाई सम्वोधन गर्दै पार्टी गम्भिर संकटमा परेको वताएका छन् । प्रधानमन्त्री केपी ओलीले अलग पार्टी बनाएर जान प्रस्ताव गरेको उनले बताए।

वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ’बादल’ सहभागि रहेको भेलामा प्रचण्डले प्रधानमन्त्रीले पार्टी फुटाउन चाहेको ब्रिफिङ गरेको खुमलटार एक सहभागि नेताले बताए। 

प्रधानमन्त्रीले अलग–अलग जाऊँ भन्न थाल्नुभएको उनले जानकारी गराएका थिए । प्रधानमन्त्रीले पार्टी र स्थायी कमिटी बैठकको निर्णय म मान्दिनँ भनेको दाहालले सुनाए । ‘हामीले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न गर्नुपर्छ। बैठक बस्नुपर्छ। स्थायी कमिटीको निर्णय मानेर गए भइहाल्छ, महाधिवेशनको तयारीमा जाने हो भन्यौ’– ति नेताले भने ।

यता प्रधानमन्त्री निकट स्रोतले भने प्रचण्डले सरकारको नेतृत्व मागेको दावी गरेको छ। ओली निकट एक नेताले भने–‘१२ दिनपछि भएको भेट समेत सकारात्मक हुन सकेन।’  दुई अध्यक्ष नजिकिनुको सट्टा झन पर–पर पुगिरहेको उनको दावी छ । कर्णाली प्रकरण, रअ प्रमुखसँगको भेटघाट, मन्त्रिपरिषद् पुनर्गठन, पर्सा घटना लगायतका विषय सतहमा आएको भए पनि मुख्य कुरा मन्त्रिपरिषद्को नेतृत्व नै रहेको ती स्थायी कमिटी सदस्यले बताए।

खुमलटार बैठकमा सहभागी ती नेताले भने प्रचण्डले सरकारको नेतृत्व नमागेको बताए। स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयनको माग गरेपछि ओली पक्षले नेतृत्व मागेको हल्ला फैलाउने थालेको उनले वताए ।

२०७५ साल जेठ २ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्दा प्रधानमन्त्रीको कार्यकाल समानताको आधारमा बाँडफाँट गर्ने सहमति भएको थियो। त्यसपछि दुबै दलका अध्यक्ष समेतले हस्ताक्षर गरेर सात बुँदे सहमति भएको थियो। 

२०७६ मंसिरमा त्यो सहमतिलाई खारेज गर्दै नेकपा सचिवालय बैठकले प्रधानमन्त्री ओलीले नै पूरै कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। त्यस्तै कार्यकारी अध्यक्षको भूमिका प्रचण्डलाई दिइएको थियो।

तर कार्यकारी भूमिकामा समेत हस्तक्षेप गरेको भन्दै प्रचण्ड असन्तुष्ट बन्दै गएपछि नेकपा फुटको संघारमा समेत पुगेको थियो। २०७७ भदौ २६ गते बसेको नेकपा स्थायी कमिटी बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गरेको थियो भने प्रधानमन्त्री ओलीले ५ वर्ष सरकारको नेतृत्व गर्ने निर्णय गरेको थियो।

यसैविच, पार्टी महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेलले नेकपामा गम्भीर संकट उत्पन्न भएको बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा आफ्ना धारणा राख्दै महासचिव पौडेलले नेकपाको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको बताएका छन्।
 

विशेष