राजसंस्था र हिन्दु राज्यको माग गर्दै बिराटनगरमा मोटरसाईकल र्याली
राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको माग गर्दै विहिवार बिराटनगरमा मोटरसाईकल र्यालीको आयोजना हुने भएको छ ।
शिव सेना नेपालको आयोजनामा हुने र्यालीमा राजतन्त्र र हिन्दुत्वको पक्षमा रहेका ४ हजारभन्दा वढि युवाहरूको सहभागिता रहने जनाईएको छ ।
गणतन्त्रका नाममा ब्रम्हलुट तथा धार्मिक सापेक्षतामाथि हमला भईरहेकाले राजसंस्था पुनस्र्थापनाको विकल्प नभएको शिव सेना नेपालका सुनसरी संयोजक सूरज कँडेलले वताए ।
राजाले जनताको हितका कुनै समस्या खडा नगरी राजगद्दी छाडेको वताएका कँडेलले जनतका प्रतिनिधि भन्नेहरु चाहिँ सत्तामा पुगेपछि आफू बाहेक कोही देख्नै छोडेको जिकिर गरे। यो प्रवृत्तिका कारण जनता निराश र आजित भएको वताएका उनले देशमा राजाको विकल्प नभएको दावी गरे।
यसअघि बुटवलमा पनि राजावादीले मोटरसाइकल र्याली निकालेका थिए।