किमाथांकामा प्रधानमन्त्री : चीनको सिमामा सुरक्षा चासो
प्रधानमन्त्री केपी शर्मा ओली चीनसँग जोडिएको संखुवासभाको सीमा किमाथांका पुगेका छन् । विहान ९ बजे सेनाको हेलिकोप्टरबाट प्रधानमन्त्री ओली संखुवासभा गएका हुन।
सीमा क्षेत्रको सुरक्षा अवस्थाको निरीक्षण, अरुण तेस्रो जलविद्युत् आयोजनाको अवलोकन, किमाथांका भएर हुने अन्तरदेशीय व्यापारको सम्भाव्यताबारे अध्ययन गर्न प्रधानमन्त्री ओली त्यहाँ पुगेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीसँग भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायत छ।
प्रधानमन्त्री ओली आजै काठमाडौं फिर्ता आउने जनाईएको छ । किमाथांकामा बहालवाला प्रधानमन्त्री पहिलोपटक गएको र यो क्षेत्रको विकासका लागि प्रधानमन्त्री ओलीको भ्रमण महत्वपूर्ण रहेको बताइएको छ ।
गत फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओली पहिलोपटक काठमाडौं बाहिर निस्केका हुन् ।