५२ वर्षिय पुरुषद्वारा ७ वर्षीया बालिका बलात्कृत
गोठाटारमा ५२ वर्षिय पुरुषले ७ वर्षीया बालिका बलातकार गरेको प्रहरीले जनाएको छ । आरोपीत धादिङका ५२ वर्षीय चक्रे तामाङलाई पक्राउ गरेको छ ।
बालिकालाई फकाएर कोठामा बोलाई करणी गरेको तामाङमाथि प्रहरीले आरोप लगाएको छ।
महानगरीय प्रहरी प्रभाग, काँडाघारीको टोलीले तामाङलाई पक्राउ गरेको हो। पीडितले जबरजस्ती करणी भएको जानकारी दिएपछि उनलाई पक्राउ गरिएको बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतले वताए ।
पीडितको स्वास्थ्य परीक्षण गराइएको तर, रिपोर्ट नआएको वस्नेतले जानकारी दिए । पीडितले बुधबार नै तामाङ विरुद्ध किटानी जाहेरी दिने तयारी छ।