News राजनीति

प्रधानमन्त्रीलाई किन चाहियो आँगनमै हेलिप्याड ?

प्रधानमन्त्रीलाई किन चाहियो आँगनमै हेलिप्याड ?


प्रधानमन्त्रीको यात्राका क्रममा सडकमा हुने ट्राफिक जाम कम गर्न र समय बचत गर्न प्रधानमन्त्री निवास बालुवाटारमा हेलिप्याड निर्माण गरिएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

भर्खरै निर्माण भएको हेलिप्याड वुधवारवाट सञ्चालनमा आएको छ । संखुवासभा जाने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाटै सेनाको हेलिकप्टर चढेको उनले वताए ।

संखुवासभाबाट फर्कँदा पनि उनी वालुवाटरको आँगमै अवतरण गरेका थिए ।

बालुवाटारमा हेलिप्याड निर्माण भएपछि भिआईपीको भ्रमणका कारण सर्वसाधारणले खेप्नु पर्ने सास्ती कम हुने थापाले वताए ।

विशेष