प्रधानमन्त्रीको सम्पुर्ण पारिश्रमिक कोरोना कोषमा
प्रधानमन्त्री केपी ओलीको सम्पुर्ण पारिश्रमिक कोरोना कोषमा जम्मा हुने भएको छ । यसैगरी, उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरूको तलबको ५० प्रतिशत रकम पनि कोषमा जम्मा गर्ने निर्णय भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ०७७ कात्तिकदेखि चैतसम्मको प्रधानमन्त्री ओलीको सबै र अन्यको ५० प्रतिशत पारिश्रमिक कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।