News राजनीति

अदालतले बामदेबलाई मन्त्री बन्न ढोका खोलेसंगै प्रचण्डलाई धोका !

अदालतले बामदेबलाई मन्त्री बन्न ढोका खोलेसंगै प्रचण्डलाई धोका !

सर्वोच्च अदालतले बामदेव गौतमलाई मन्त्री वन्ने वाटो खोलेपछि एक पटक फेरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को समिकरण परिवर्तन हुने चर्चा सुरु भएको छ ।

नेकपाका उपाध्यक्ष गौतम लामो समयसम्म प्रधानमन्त्री वन्न पाउने ब्यवस्था भएमात्र राष्ट्रिय सभामा जाने अडानमा थिए । तर, उनी त्यो अडानमा धेरै दिन टिक्न सकेनन् र  राम्रो मन्त्रालय पाए पनि हुन्छ भन्दै राष्ट्रिय सभामा जान तयार भए । 

राष्ट्रिय सभा सदस्यको सपथ लिनासाथ उनलाई रोक्न अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भयो । तर, वुधवार सर्वोच्चको संवैधानीक इजलासले गौतमलाई राष्ट्रिय सभा सदस्य हुन तत्कालका लागि कुनै बाधा नपर्ने आदेश गरेपछि गौतमको मन्त्री वन्ने वाटो खुलेको छ ।

अदालतको यो आदेशसँगै अव गौतम मन्त्रीको प्रलोभनमा पर्ने र प्रचण्ड–नेपाललाई छोडेर ओली खेमामा पुग्ने अड्कलवाजी सुरु भएको छ । लेखक खगेन्द्र संग्रौलाले त वुधवारै यस विषयमा ट्विट गरी सकेका छन् । ‘प्रधानमन्त्री नपाए मन्त्री खान्छु भन्दा खान नपार पीके–माकुनेतिर लागेका वामदेवलाई सर्वाेच्चले मन्त्री बन्ने बाटो खोलेछ’ उनले लेखेका छन्–‘जता मल्खु उतै ढल्कु। वामदेव अब मन्त्री खान पीके–माकुनेलाई छाडेर केपीका चरण चुम्न जालान्। नेकपा डबलको सबभन्दा ठूलो सिद्धान्त र आदर्श खानु हो। केटाले खाने भो!’

संग्रौला मात्र होईन, अहिले धेरैले गौतमलाई शंकाको नजरले हेरीरहेका छन् । अडानमा वस्न नसक्ने र यता–उता गरिरहने प्रवृत्तिले अव उनलाई ओलीसम्म पुर्याउने विश्लेषकहरु वताउँछन् ।

अलिअघिसम्म वामदेव अध्यक्ष प्रचण्डको ‘कोर’ टिममा थिए। प्रचण्ड निवास खुमलटारमा उनको आउजाउ बाक्लो थियो । उनले प्रचण्डकै टिमवाट सांसद वन्ने प्रयास गरे। यहि मेसोमा उनले काठमाडौं–७ का सांसद रामवीर मानन्धरलाई फकाएर आफना लागि सिट छाडिदिन कागज गराए । तर, ओलीको असहमतिपछि वामदेव सांसद बन्ने बाटो बन्द भयो।

ओलीसँग रुष्ट भएका गौतमले उनलाई प्रधानमन्त्री र अध्यक्षवाट हटाउन प्रस्ताव नै वनाए । तर, उनको त्यो प्रस्ताव विकेन। त्यसपछि उनी खुमटार छोडेर वालुवाट यात्रामा निस्किए । वालुवाटारसँग राम्रै सम्वन्ध वनाएका गौतमकै कारण एक पटक ओलीको अध्यक्ष र प्रधानमन्त्री पद जोगीयो । ६ वुँदे प्रस्ताव अगाडि सारेर अहिले नेतृत्व परिवर्तन गर्ने समय होईन भन्दै उनले नै ओलीको वचाउ गरे ।

तर, पछिल्लो समय उनी फेरी दाहाल–नेपाल टिममा पुगेका छन् । ओलीलाई सचिवालय वैठक वोलाउन दवाव सृजना गर्ने मध्ये गौतम पनि एक हुन । दाहाल–नेपाल टिममा लगातार भईरहेका अनौपचारीक वैठकमा ओली विरुद्ध गौतमले राम्रै भुमिका निर्वाह गरिरहेको श्रोतको दावी छ ।

यतिमात्र होईन, गत शनिवार गौतमले ‘समस्याको जड नै तपाई हो’ भन्दै ओलीलाई थर्काए ।

प्रचण्डसहित सचिवालयका ५ सदस्यसँग भएको भेटका क्रममा प्रधानमन्त्री ओलीले सवैको आलोचना गर्न थालेपछि गौतम ओलीमाथि जाईलागेका थिए । कमिटीका निर्णय नमान्ने र सामूहिकतामा विश्वास नगर्ने व्यक्ति कम्युनिष्ट हुनै नसक्ने भन्दै उनले ‘तपाईंमा एकपछि अर्को समस्या देखिएको छ, तपाईंमा व्यक्तिवादी चिन्तन हावी भइरहेको छ। म अब तपाईंसँग छैन’ भन्दै पड्किएको एक सहभागिले वताए ।

परिस्थिती फेरी वदलिएको छ । यति लामो समय सचिवालय वैठक वोलाउन तयार नभएका पार्टी अध्यक्ष ओली सर्वोच्चको आदेश लगत्तै शुक्रवारका लागि वैठक वोलाउन तयार हुनुलाई पनि गौतमको भुमिकासँग जोडेर हेर्न थालिएको छ । 
 

विशेष