News

जनमोर्चाका अध्यक्ष केसीको कोरोना उपचार खर्च सरकारले ब्यहोर्ने

जनमोर्चाका अध्यक्ष केसीको कोरोना उपचार खर्च सरकारले ब्यहोर्ने

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको कोरोना उपचार खर्च सरकारले बेहोर्ने भएको छ ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उपचारमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् ।

उनले केसीको सिघ्रस्वास्थ्य लाभको कामना पनि गरेका छन् । ‘राष्ट्रीय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु’ उनले ट्विट गर्दै भनेका छन्–‘आज सम्पन्न मन्त्री परिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु।’

पुर्व उपप्रधानमन्त्री केसीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । केसीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

एक महिनादेखि भैरहवामा रहँदा पनि रुघाखोकी र ज्वरो आएको थियो । त्यसवेला भने उनको कोरोना रिपोर्ट नेगेटिभ देखिएको हो । केहीदिनअघि उनलाई निमोनिया देखिएको थियो । उनी मंगलबार भैरहवाबाट काठमाडौं आएर मेडीसिटी अस्पतालमा भर्ना भएका हुन् ।

विशेष