पुर्वराजा सकृय भएको संकेत, विराटनगरमा राजावादीको भब्य प्रदर्शन [फोटो फिचर]
शिव सेना नेपालको आयोजनामा विहिवार राजावादीहरुले विराटनगरमा भब्य प्रदर्शन गरेका छन् ।
पुर्वको झापादेखि सुनसरीसम्मका हजारौं राजवादी र हिन्दु समर्थकहरुले विराटनरमा भेला भएर मोटरसाईकल र्याली सम्पन्न गरे।
कञ्चनवारीवाट सुरु भएको मोटरसाईकल र्याली ठुलो मिल, रोडसेस चौक र महेन्द्र चौक हुँदै विराटनगरका मुख्य वजार परिक्रममापछि वरगाछिमा पुगेको थियो । र्यालीमा ‘सम्पुर्ण राष्ट्रवादी एक हौ, राजतन्त्र जिन्दावाद, गणतन्त्र मुर्दावाद’ लगायतका नारा लगाईएको थियो ।
मोटरसाईकल र्याली वरगाछिमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई शिव सेना नेपालका केन्द्रिय प्रवक्ता विक्रम पाण्डे र मोरङ्ग जिल्ला अध्यक्ष सतिस पोखरेलले सम्वोधन गरेका थिए ।
वक्ताहरुले देश र जनताका लागि गणतन्त्र अभिश्राप भएको वताए । गणतन्त्रका नाममा ब्रम्हलुट तथा धार्मिक सापेक्षतामाथि हमला भईरहेकाले त्यसलाई रोक्न राजतन्त्र आवश्यक भएको उनीहरुले वताए ।
देश र जनताको भलाई हुने आशामा हिजो नेपाली जनताले गणतन्त्र स्विकारेको र जनताको माग भन्दै राजाले पनि गद्दि छोडेको वताएका उनीहरुले जनताले गणतन्त्रको असली रुप पनि देखि सकेको वताए । ‘जनतामा जुन अपेक्षा थियो, त्यो सकियो’ सम्वोधनका क्रममा पोखरेलले भने–‘नेताले पदमा पुगेपछि आफु र आफना भन्दा कसैलाई देखेनन्। जनताको लागि राजानै चाहियो भन्ने कुरा यसले पुष्टि गरिसक्यो ।’
वक्ताहरुले देश र जनताको सर्वोपरी हितका लागि एकजुट हुन र राष्ट्रिय झण्डामुनि गोलवन्द हुन आग्रह गरे ।