नेपालगञ्जमा एकीकृत भन्सार जाँच चौकीको शिलान्यास
नेपालगञ्जमा निर्माण हुने एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माणको शिलान्यास भएको छ । शहरी विकासमन्त्री कृष्ण गोपाल श्रेष्ठ र भारतका वाणिज्य र उद्योगमन्त्री पियुष गोयलले संयक्त रुपमा जाँच चौकीको सिलन्यास गरेका हुन ।
अनलाइनमार्फत जाँच चौकीको सिलन्या भएको हो । सिलन्यास समारोहमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, शहरी विकास राज्यमन्त्री श्री रामवीर मानन्धर तथा शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंह पनि सहभागी भएका थिए ।
भन्सार तथा अध्यागमन सुविधालाई अझै ब्यवस्थित वनाउन एकिकृत भन्सार जाँच चौकीको अवधारणा ल्याईएको हो । भारत–नेपाल सीमाको दुवैतर्फ भारत सरकारले नै एकीकृत जाँच चौकीको निर्माण गरिरहेको छ ।
जाँच चौकीको निर्माण कार्य राइट्स इन्टरनेशनल लिमिटेडको सुपरिवेक्षणमा पुणेस्थित राजदीप बिल्डकन प्राइभेट लिमिटेड नामक भारतीय कम्पनीले गर्नेछ । भारु १ अर्व ४७ करोड १२ लाख रुपैयाको लागतमा दुई वर्षभित्र जाँच चौकी निर्माण हुनेछ । नेपालगञ्ज उप–महानगरपालिकाको जानकी गाउँपालिका–१ र १६ मा ६१ दशमलव ५ हेक्टर जग्गामा यसको संरचना निर्माण गरिनेछ । रुपैडिहामा भारतीय भूमिपत्तन प्राधिकरणले यस्तै संरचना भारततर्फ पनि निर्माण गरिरहेको दुतावासले जनाएको छ । भारततर्फ १० प्रतिशतभन्दा बढी कार्य सम्पन्न भइसकेको छ ।
यसअघि वीरगंज र बिराटनगरमा निर्मित एकीकृत जाँच चौकी संचालनमा आईसकेको छ । एकीकृत जाँच चौकीको निर्माण कार्य समाप्त भएपछि मालवाहक सवारी साधन तथा सार्वजनिक सवारी साधनको सहज भएको काठमाण्डौं स्थित भारतीय राजदुतावासले जनाएको छ ।