‘चाईना नाकावन्दी’को असर : रसुवामा सर्वसाधारणको विचल्ली, ६ सय श्रमिक विस्थापित
कोरोनाको वहानामा चाईनाले अघोषित नाकावन्दी सुरु गरेपछि नेपाली ब्यापारी/ब्यवासयी र उपभोक्तासँगै नाका आसपासका स्थानीय वासिन्दा समेत विचल्लीमा परेका छन् ।
नाकावन्दिका कारण सवारी साधन र मानिसको आवत–जावत प्रभावित भएपछि ढुवानी ब्यवसायमा हात हालेका स्थानीयवासी, होटल÷लज सञ्चालक तथा श्रम वेचेर गुजारा गर्दै आएका हजारौं सर्वसाधारणको विचल्ली भएको छ ।
भारतको अघोषित नाकावन्दीपछि सरकार र ब्यवसायीको चहल पहलका कारण विशेष गरी रसुवा नाका आसपासका स्थानीयवासी हौसिएका थिए । ब्यापार वढ्ने अपेक्षाले सुरु गरिएको ढुवानी तथा होटल र लज ब्यवसाय अहिले ठप्प छ। एकपछि अर्को वहानामा नाकामा अवरोध सुरु भएपछि उनीहरु समस्यामा परेका छन् ।
चिनसँगको ब्यापार वढ्ने आसाले रसुवा भन्सार कार्यालय रहेको गोसाईकुण्ड गाउँपालिकाका स्थानीयवासीले मात्रै लगभग एक हजार डिब्बा (ट्रक) खरिद गरेका छन्। तर, चिनसँगको ब्यापार सुन्य अवस्थामा पुगेपछि सवै डिब्बा काम विहिन अवस्थामा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवीलाल सापकोटा वताउँछन्। ‘सवैले ऋणपान गरेरै डिब्बा खरिद गरेका हुन’ उनले भने–‘अहिले उनीहरुलाई वैंकको किस्ता र ब्याज वुझाउन समस्या छ। कतिपयको गाडि त वैंकले तानीसकेको अवस्था पनि छ।’
नाका सहज रुपमा सुचारु नहुँदा पुरै गाउँपालिका प्रभावित भएको वताएका उनले त्यसमध्ये पनि वडा नं. १ (थुमन) र वडा नं. २ (रसुवागढि) वढि प्रभावित वनेको जानकारी दिए । नाकामा असज अवस्था आएपछि करिव ८ सय श्रमिकले रोजगारी गुमाएका छन् ।
नाका सहज हुँदा दैनिक ३०/३५ गाडि नेपाल आउने र सामान लोड–अनलोड गर्नुपर्ने भएकाले स्थानीयवासी र वाहिरवाट आएका गरी ८ सय भन्दा वढि श्रमिक काम गर्दै आएका थिए । तर, यतिवेला सरदर ५ वटा गाडि पनि मुस्किलले आउन थालेपछि कोठाभाडा लिएर वसेका करिव ६ सय श्रमिक विस्थापित भएको सापकोटाले जानकारी दिए । ‘स्थानीयले नै काम नपाउने अवस्था आएपछि वाहिरको मान्छे कोठाभाडा तिरेर वस्न सक्ने अवस्था रहेन’ उनले थपे–‘अहिले स्थानीय वाहेकका अन्य श्रमिकहरु ठाउँ छोडेरै हिडिसके।’
श्रमिकहरु विस्थापित भएपछि कोठा भाडा लगाएर सामान्य आम्दानी गर्दै आएका स्थानीयलाई पनि घर चलाउन धौ–धौ परेको सापकोटा वताउँछन् । सापकोटाका अनुसार गोसाईकुण्ड गाउँपालिका समग्रमा पर्यटन ब्यवसायमा आश्रित स्थानीय तह हो । तर, नाकामा समस्या आउने वित्तिकै आयश्रोत वन्द भएको र गाउँपालिकावासी समस्यामा परेको उनी वताउँछन् । ‘नाकाको समस्याकै कारण कमसेकम अढाई सय भन्दा वढि होटल/लज वन्द भएका छन्’ उनले भने–‘रोजिरोटी नै नचलेपछि उनीहरु पनि विकल्पको खोजीमा छन् ।’
चाईनाको मानसरोवस जाने पर्यटकहरु रसुवागढि नाका हुँदै जाने गरेका छन्। जसका कारण केहि अघिसम्म होटल÷लज राम्रै सञ्चालनमा थिए । तर, कोरोना संक्रमणको हल्ला चल्न थालेपछि पर्यटकहरु आउनै छोडेकाले ब्यवसाय पनि ठप्प भएको छ। ‘रसुवावाट मानसरोवर पुग्न झण्डै दुई दिन लाग्छ। त्यसैले मानिसरु रसुवामै वसेर आवश्यक तयारी गर्ने र चाईना प्रवेश गर्ने प्रचलन थियो’ उनले भने–‘अहिले मानिसको आवत जावत वन्द भयो, होटल पनि सुके।’
यहि समस्या तातोपानी नाकामा पनि देखिएको छ । स्थानीयवासीहरु रोजिरोटि गुमाएर विचल्लीमा परेका छन् । तर, यो चाईनाको नाकावन्दी नभएर कोरोनाकै असर भएको सापकोटाले दावी गरे ।
प्रमुख प्रशासकिय अधिकृत सापकोटाको भनाईमा रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका पनि सहमत छन् । नाकामा समस्या आएपछि समग्रमा सिङ्गो जिल्ला नै प्रभावित भएको उनको भनाई छ । ढुवानी ब्यवसाय, होटल/लजदेखि राजेगारी गुमाएर विस्थापित भएका श्रमिकको विषयमा उनले चिन्ता ब्यक्त गरे । ‘कोरोनाका कारण चाईनीज नागरिक धेरै डराएका छन्। स्वास्थ्य मापदण्ड उलंघन गरेर काम गर्ने कुरा अपेक्षा गर्न पनि सकिदैन’ उनले भने–‘उनीहरुका कारण हामी पनि दवावमा छौं। कहिले पिसिआर रिपोर्ट खोज्छन्। कहिले श्रमिक धेरै भए भनेर हैरान पार्छन।’
चाईनातर्फवाट पर्याप्त गाडि आएपनि नेपालतर्फ स्वास्थ्य मापदण्ड अपनाएर धेरै गाडि भित्र्याउन सक्ने अवस्था नरहेको उनको भनाई छ। तर, हालको अवस्थामा सुधार गर्ने र गाडि थप गर्ने विषयमा निरन्तर प्रयास भईरहेको खड्काले जानकारी दिए । ‘अहिले दैनिक ५ वटा गाडि आईरहेका छन्, तीन वटा गाडि थप्ने कुरा भएको छ’ उलने भने–‘त्यसका लागि हामीले स्थान र पुर्वाधार तयार गरिसकेका छौं। उतावाट जाँचपास वढेपछि गाडिको संख्या वढ्छ।’
यो पनि
एमसिसी मार्फत अमेरिकी प्रभाव बढ्ने देखेपछि नेपालमा चिनियाँ नाकाबन्दी