नेकपाको सचिवालय बैठक मंसिर ३ गतेसम्मका लागि स्थगित
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक केहीबेर बसेर मंसिर ३ गतेसम्मका लागि स्थगित भएको छ।
शुक्रबार अपराह्न ४ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा वैठक वसेको र पुनः ३ गते वस्नेगरी स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकले आगामी बैठकका लागि पार्टीमा देखिएको संकट र त्यसको समाधानलाई केन्द्रमा राखेर छलफल गर्ने एजेण्डासमेत तय गरेको श्रेष्ठको भनाई छ ।
आजको बैठकमा प्रचण्डसहित सचिवालयका बहुमत सदस्यले बुझाएको पत्र र त्यसको जवाफमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले बुझाएको पत्र पेस भएको थियो । कात्तिक २२ मा अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठले बैठकको आग्रह गर्दै प्रधानमन्त्री ओलीलाई दुई पेज लामो पत्र बुझाएका थिए ।
त्यसको जवाफमा प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई सम्बोधन र अन्य चार नेतालाई बोधार्थसहितको ५ पेजको पत्र लेखेका थिए ।
वैठकमा यस वाहेक कार्यकारी अध्यक्ष दाहालले एक प्रतिवेदन पनि पेस गरेका थिए । दुईतर्फि पत्र र वर्तमान अवस्थाका विषय समेटेर प्रतिवेदन तयार गरिएको जनाईएको छ ।