आयुर्वेद दिवसका अवसरमा भारतीय दुतावसद्वारा निवन्ध प्रतियोगिता सम्पन्न
आयुर्वेद क्याम्पस, ईन्स्टिच्युट अफ मेडिसिन, त्रिभुवन विश्वविद्यालयको सहयोगमा भारतीय दूतावासले शुक्रवार ‘कोविड–१९ को लागि आयुर्वेद’ शिर्षकमा एक वेबिनारका तथा अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिता सम्पन्न गरेको छ ।
५औं आयुर्वेद दिवसको अवसरमा आयोजित वेबिनार तथा निवन्ध प्रतियोगितामा नेपाल, भारत र अन्य विभिन्न देशका २ सय जनाको सहभागिता थियो । कार्यक्रममा नेपाल र भारतका ६ जना प्रख्यात वक्ता र आयुर्वेद ज्ञाताहरुले आफ्नो विचार र विशेषज्ञता प्रस्तुत गरेका थिए ।
यस अवसरमा राजदूत विनय मोहन क्वात्राले आयुर्वेदका फाइदा र बढ्दो लोकप्रियताबारे प्रकाश पार्ने एक भिडियो सन्देश प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागिता जनाएकी मिशन उपप्रमुख नामग्या सी खम्पाले भारत र नेपालको घर÷घरमा पाइन्ने बेसारलगायत आयुर्वेदिक उत्पादनको बढ्दो खपतको बारेमा चर्चा गरेको दुतावासले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रोफेसर डा. शिवलाल भुसाल र विश्वविद्यालयका अन्य प्रमुख शिक्षाविद्हरू पनि कार्यक्रममा सहभागी थिए ।
कार्यक्रमको अन्त्यमा अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिताका विजेताहरूको नाम पनि घोषणा गरिएको थियो।