डा गोविन्द केसीलाई कोरोना
चिकित्सा शिक्षा सुधारका लागि पटक पटक अनसन वसेका डा गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ।
बिहीबार गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको डा केसीका सहयोगी प्रितम सुवेदीले जनाएका छन् । डा केसीलाई रुघा, खोकी तथा ज्वरोको लक्षण देखिएका छन। स्वाशप्रश्वासमा पनि सामान्य समस्या देखिएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा भर्ना गरिएको सुवेदीले जानकारी दिए ।