News

बैतडीको खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, घाईते ३४ मध्ये ७ को अवस्था गम्भिर

बैतडीको खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, घाईते ३४ मध्ये ७ को अवस्था गम्भिर

बैतडीको पाटन नगरपालिकामा विहिवार राती बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । 

डिलाशैनी गाउँपालिका–२ गन्नाबाट महेन्द्रनगर हिडेको ना ५ ख ५१४१ नम्बरको पवनदुत यातायातको यात्रुवाहक बस राति साढे १० बजे बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा दुर्घटना भएको हो । सानो घुम्तीबाट बस ५ सय मिटर जति तल खसेको उनले बताए ।

दुर्घटनामा मृत्यु भएका ७ पुरुष र २ महिला मध्ये ७ जनाको सनाखत भएको छ । जसमध्ये बैतडीको डोगडाकेदार गाउँपालिकाका ६ का प्रहरी जवान रण बहादुर चन्द समेत छन् । उनी दाङको हापुरे इलाका प्रहरी कार्यालयमा कार्यरत थिए।

यसैगरी, कञ्चनपुरको भिमदत्त नगरपालिका ८ की कृतिका कार्की, ठेगाना नखुलेका नरेन्द्र चौधरी, जगन्नाथ ओझा, बिमल बडु, तारा गिरीको मृत्यु भएको एसएसपी मुकेशकुमार सिंहले जानकारी दिएका छन्। ठेगाना नखुलेकाहरुको पनि थप जानकारी लिने प्रयास भईरहेको उनको भनाई छ।

अन्य २ जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा परी घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते ७ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ।

बसमा ४० भन्दा बढि सवार रहेको बताइएको छ ।

विशेष