News राजनीति

संघीयता समाप्त पार्न कम्युनिष्ट र रोयलिष्ट एउटै कित्तामा : उपेन्द्र यादव

संघीयता समाप्त पार्न कम्युनिष्ट र रोयलिष्ट एउटै कित्तामा : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयता समाप्त पार्न कम्युनिष्ट र रोयलिष्ट एउटै कित्तामा उभिएको आरोप लगाएका छन् । 

सप्तरीको राजविराजमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने –‘संघीयता र गणतन्त्रलाई समाप्त पार्ने षडयन्त्रमा कम्युनिष्ट र रोयलिष्ट एउटै प्यानलमा पुगेका छन्, उनीहरुको एउटै मुद्दा हो संघीयता र गणतन्त्रलाई समाप्त पार्नु ।’

देशमा संघीयता आए पनि अझैं अधिकार विहिन अवस्था रहेको बताउँदै उनले प्रदेश सरकारहरु अधिकारसम्पन्न नभएसम्म संघीयता वलियो नहुने वताए ।

जनता समाजवादी पार्टीका अर्का नेता राजकिशोर यादवले कांग्रेस र कम्युनिष्ट नीति र सिद्धान्तविहिन पार्टी भएको वताए । अबको वैकल्पिक राजनीतिक शक्ति जसपा मात्रै भएको उनको जिकिर छ।

कार्यक्रममा पार्टीका केन्द्रिय नेता एवम् पूर्व मन्त्री रेणु कुमारी यादव, राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव र शेखर कुमार सिंह, प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेश सभा सदस्य मनिष कुमार सुमन लगायतले वोलेका थिए । 

विशेष