डा. केसीको कोरोना उपचार खर्च सरकारले ब्यहोर्छः प्रधानमन्त्री
डा. गोविन्द केसीको कोरोना उपचार खर्च सरकारले ब्यहोर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् ।
ओलीले ट्विटर मार्फत गोविन्द केसीको स्वास्थ्य लाभको कामना गर्दै उनको खर्च सरकारले ब्यहोर्ने जनाएका हुन् ।
‘कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु’ उनले लेखेका छन्–‘उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने समेत जानकारी गराउँदछु ।’