प्रचण्डको १९ पन्ने प्रस्तावले डगमगायो नेकपा, एकता गम्भिर मोडमा
नेकपाका कार्यकारी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले शुक्रवारको सचिवालय वैठकमा पेस गरेको राजनितिक प्रश्तावले यतिवेला नेकपाको राजनिति गर्माएको छ ।
दाहालको प्रस्तावप्रति विधिन्न नेताहरुले टिप्पणी गरिरहेका छन् । पछिल्लो पटक पुर्व सञ्चारमन्त्री गोकुल वास्कोटाले दाहालको प्रस्तावलाई अप्रमाणित आरोपहरुको पुलिन्दा भन्दै आलोचना गरेका छन् । उनले आफनो ट्विटरमा लेखेका छन्–‘अविस्वास प्रस्ताव संसदमा पेश गर्दा प्रतिपक्षले लगाउने जस्ता अप्रमाणीत आरोपको पुलिन्दा हेर्दा अब पार्टीको एकता जीवन्त राख्ने राजनीतिक, सांगठनिक र मनोवैज्ञानिक आधार सम्पुर्ण रूपमै समाप्त पारेजस्तो देखियो। फिर्ता लिने वा गंभीर तनावको यात्रा रोज्ने ? मर्जी आफ्नै त हो!’
यसैगरी नेकपाका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेले अध्यक्ष दाहालको सचिवालय बैठकमा नेकपा अध्यक्षले पार्टीका ‘प्रथम अध्यक्ष’ केपी शर्मा ओलीविरुद्ध संगीन आरोपसहित एकल राजनीतिक प्रस्ताव प्रस्तुत गर्नु पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भावविपरीत भएको बताएका हुन् ।
उक्त प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुगेको वताएका पोखरेलले पार्टी एकताको रक्षाका लागि अध्यक्ष दाहाललाई उक्त प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् । पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन हार्दिक अनुरोध गर्दछु । व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य बुझ्न अनुरोध छ ।’
शीर्ष नेताबीच आरोप–प्रत्यारोप चरम बिन्दुमा पुगेका बेला शुक्रवार आयोजित सचिवालय वैठकमा अध्यक्ष दाहालले ओलीको कार्यशैलीमाथि दर्जनौं गम्भीर आरोप लगाउँदै पार्टी एकतादेखि अहिलेसम्म भएका कमीकमजोरीसहितको लिखित दस्ताबेज पेस गरेका थिए ।
१९ पेज लामो राजनीतिक प्रस्तावमा ओलीका यस्ता गतिविधि अब क्षम्य नहुने उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीले पार्टी एकताको राजनीतिक–वैचारिक भावना, संगठन, सिद्धान्त र विधि–पद्धति तथा स्थायी कमिटीको पछिल्लो बैठकका निर्णयहरूमाथि प्रहार गरेको दाहालको आरोप लगाएका छन् ।
‘वस्तुतः, अन्ततः र मुख्यतः पार्टी र सरकारको उपरोक्त स्थितिका लागि पार्टी र सरकार दुवैको मुख्य नेतृत्वमा रहेका कमरेड केपी शर्मा ओलीका व्यक्तिवादी, गुटवादी र एकाधिकारवादी सोच र कार्यशैली प्रमुख रुपमा जिम्मेवार रहेका छन् । वैचारिक–राजनैतिक प्रश्नदेखि पार्टी र संगठनात्मक विधि, पद्धति र आचरणका सम्बन्धमा पार्टी एकताका बेलामा गरिएका प्रबन्ध र निर्णयहरुको निरन्तर अतिक्रमणद्वारा कमरेड केपी शर्मा ओलीले आफू चरम व्यक्तिवादी, गुटवादी सावित गर्नुभएको छ’ प्रस्तावमा भनिएको छ–‘उहाँमा विद्यमान यो प्रवृतिको व्यापक चिरफार पार्टी, आन्दोलन र देशकै निमित्त आवश्यक हुन गएको छ । यो कुनै व्यक्तिगत आग्रह पूर्वाग्रहको कुरा होइन अपितु पार्टी निर्माण र देश निर्माणको अनिवार्य सर्त हो।’
प्रचण्डले सचिवालय वैठकमा पेस गरेको राजनितिक प्रश्तावको पुर्णपाठ