प्रदेश २ मा सरकारले नै चलाउँछ वस !
प्रदेश २ सरकारले आफनै वस सेवा संचालन गर्ने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले ५ वटा बस खरिद पनि गरिसकेको छ ।
अस्थायी राजधानी जनकपुरसँग अन्य जिल्लालाई जोड्न सरकारी बस सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ । बस सञ्चालनसम्बनधी कार्यविधी तयार भइसकेको र अव सेवा पनि सुरु हुने भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलले वताए ।
आर्थिक बर्ष २०७६/७७ को नीति तथा कार्यक्रममै प्रदेश सरकारले आफ्नो बस संचालन गर्ने उल्लेख भए अनुसार वस खरिद गरिएको उनले वताए । ‘जनकपुरधामबाट पूर्वी शहर राजविराज र पश्चिमी शहर वीरगञ्जसम्म बस चल्छन्’ सोनलले भने–‘कार्यविधी वनि सकेको छ, चाँडै सेवा पनि सुरु हुन्छ।’
सरकारी वसमा अन्य वसको तुलनामा भाडा सस्तो हुने वताईएको छ ।