News राजनीति

वामदेवले भाउ नदिएपछि ओलीको पासा माधव नेपालतिर

वामदेवले भाउ नदिएपछि ओलीको पासा माधव नेपालतिर

असोज २८ गतेको सचिवालय वैठकपछि नेकपाको राजनीति तरङ्गित भएको छ । सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुस्पकमल दाहाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध आरोपै आरोपको १९ पन्ने राजनितिक प्रस्ताव पेश गरेपछि आन्तरिक राजनिति अझै विग्रिएको छ। 

यसैक्रममा ओलीले प्रचण्डलाई गतिलै जवाफ दिने गरी तयारी सुरु गरेका छन, तर अहिलेसम्म सफलताका संकेत भने देखिएका छैनन् । प्रचण्डको अप्रत्यासित प्रस्तावपछि ओलीले आन्तरिक गृहकार्य र सघन छलफललाई प्राथमिक्ता दिएका छन् । यस अन्तर्गत ओलीले आईतवार मात्रै दुई जना सचिवालय सदस्यसँग छलफल गरेका छन् ।

प्रथम चरणमा उनले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई जाल फालेका थिए । उनले सरकारमा आफनो भुमिका निर्धारण गर्न गौतमलाई भने । तर, गौतमले सरकारमा जाने चासो नदेखाएर ओलिलाई सच्चिएर अघि वढ्न सुझाव दिए । त्यस लगत्तै अध्यक्ष ओलीले वरिष्ठ नेता माधव नेपालतर्फ पासा फालेका छन् ।

अध्यक्ष ओली र नेपाल विचमा दुईघण्टा लामो छलफल भएको थियो । छलफलका क्रममा प्रचण्डले लगाएका आरोपहरु निराधार भएको भन्दै त्यस्ता ‘वाहियात’ कुराका पछाडि आफु नलाग्ने ओलीले वताएको श्रोतले जनाएको छ । ओलीले यसैगरी घेरावन्दि गर्दै जाने हो भने आफु अर्को चरणमा प्रवेश गर्ने चेतावनी समेत दिए ।

ओलीले अब प्रचण्डसँग सँगै वस्ने नसकिने वताउँदै आफूलाई सहयोग गर्न आग्रह गरे। नेता नेपालले भने बैठकमै बसेर समस्याको समाधान खोज्न सकिने जवाफ दिएका थिए ।

दुवै भेटमा पार्टीका महासचिव तथा अर्थ मन्त्री विष्णु पौडेल साक्षि वसेको श्रोतको भनाई छ ।

पछिल्लो राजनीतिक अवस्थाका विषयमा ओलीले शनिवारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छलफल गरिसकेका छन् ।
 

यो पनि
पासो थाप्दै ओली, चिप्लिदै वामदेव

विशेष