दियो र मैनबत्तीवाट आगलागि, ७० लाखको क्षती
दिवावलीमा वालेको दियो र मैनबत्तीवाट मोरङ्गको विभिन्न स्थानमा आगलागि हुँदा ७० लाख बराबरको क्षती भएको छ।
विराटनगरको महानगरपालिका–१० को ट्राफिक चोक नजिकै रहेको विजय साहको घरमा रहेको एक फेन्सी पसलमा आगलागी हुँदा ६० लाख बराबरको क्षती भएको छ। उक्त पसल दिनेश अग्रवालको रहेको जिल्ला प्रहरी कार्यालय मोरङ्गले जनाएको छ ।
आगलागीका कारण सटर भित्र रहेको फेन्सी कपडा, फर्निचरको सामान पूर्ण रुपमा नष्ट भएको छ
यसैगरी, बिराटनगर महानगरपालिका ९ बसपार्क नजिक अभय अर्यालको बारीमा बाँस र टिनको छानो भएको सिरक डसना बनाउने घरमा आगलागी हुँदा अन्दाजी ८ लाख बराबरको क्षति भएको छ।
बेलबारी नगरपालिका–३ मा राधा मल्लिकको कोठामा दियोबाट आगलागी भइ कोठा भित्र रहेको फर्निचर, टिभी, फ्रिज लगायतका सामाग्री जलेर १ लाख बराबरको क्षती भएको छ ।
त्यस्तै, बिराटनगर ४ मा रहेको कमला कोईरालाको बाँस र टिनको छानो भएको बाख्राको खोरमा आगलागी हुँदा खोर जलेर क्षती भएको छ ।