पासो थाप्दै ओली, चिप्लिदै वामदेव
पार्टीको वर्तमान संकट समाधानका विषयमा केन्द्रित भएर आईतवार विहान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतम विच छलफल भएको छ ।
बालुवाटारमा विहान करिव एक घण्टा भएको छलफलमा अध्यक्ष ओलीले गौतमसँग सुझाव मागेको र सचिवालयमा प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता लिने वातावरण वनाउन आग्रह गरेका थिए ।
जवाफमा गौतमले प्रचण्ड वा माधव नेपाललाई गालि गरेर मात्रै समस्याको समाधान नहुने भन्दै बैठक बसेर प्रस्तावका बारेमा छलफल गर्दै अघि बढ्न आग्रह गरेको जनाईएको छ ।
महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलसमेत सहभागि भएको छलफलमा गौतमले ‘कसैलाई गालि गरेर समस्या समाधान हुँदैन । यसले त झन झगडा बढ्छ । यसको समाधान भनेको बैठक बसेर प्रस्तावहरुमाथि बैठकमा छलफल गर्न सकिन्छ’ भनेको श्रोतले जनाएको छ ।
गौतमले उक्त प्रस्ताव प्रचण्डको मात्र नभई पाँचै जना नेताले छलफलमा ल्याइएको बताएका थिए।
गौतमले ओलीलाई आफु सच्चिन पनि सुझाव दिएका छन् । ‘तपाईं सच्चिएपछि प्रचण्डले राखेको प्रतिवेदन फिर्ता लिनै पर्दैन। त्यो प्रतिवेदन आफै गौण हुन्छ’ भन्दै गौतमले ओलीलाई सुझाएको श्रोतको भनाई छ ।