News

विपी प्रतिष्ठानमा ४ जना कोरोना संक्रमितको मृत्यु

विपी प्रतिष्ठानमा ४ जना कोरोना संक्रमितको मृत्यु

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

धनकुटाको सांगुरीगढी भेडेटारका एक पुरुष, झापाका एक पुरुष र एक महिला तथा सुनसरीको बराहक्षेत्र नगरपालिकाकी एक महिलाको मृत्यु भएको हो ।

मृतक मध्ये बराहक्षेत्र नगरपालिका–३ की ४४ वर्षीया महिला मृगौला रोगी थिइन् । उनलाई कात्तिक ३० गते कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

झापाकी २५ वर्षीया संक्रमित महिलालाई भने कुनै पनि दीर्घ रोग थिएन। कार्तिक २७ गते कोरोना रिपोर्ट पोजिटिभ भएकी उनी कात्तिक २६ गते कोभिड अस्पतालमा भर्ना भएकी थिईन ।

झापाका ८० वर्षीय पुरुषलाई कात्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी कात्तिक २९ गते कोभिड अस्पतालमा भर्ना भएका थिए । 

यसैगरी, धनकुटाको साँगुरीगढी–८, भेडेटारका ७२ वर्षीय वृद्धको कोभिड अस्पतालमा मृत्यु पछि कोरोना पोजिटिभ पुष्टि भएको थिया । उनी कात्तिक २९ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।

विशेष