News राजनीति

बिष्णु पौडेल नेकपाका महासचिव की हुलाकी ?

बिष्णु पौडेल नेकपाका महासचिव की हुलाकी ?

वुधवारका लागि वोलाईएको नेकपा सचिवालय वैठक फेरी अन्यौलमा परेको छ । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वैठक सार्ने प्रस्ताव गरेका छन् ।

ओलीको प्रस्ताव बोकेर महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार पुगेका छन् । प्रधानमन्त्रीको प्रस्ताव वोकेर पटक पटक खुमलटार धाउने गरेका पौडेलका विषयमा भने राजनिति वृत्तमा आलोचना हुन थालेको छ । पार्टीको महासचिव जस्तो मान्छे हुलाकी जस्तो भएको भन्दै नेताहरुले आलोचना गर्न थालेका छन्। ‘सबै कुरा वान टु वान गरे भईगयो नी’ एक नेता भन्छन्–‘ओलीले महासचिवलाई हुलाकी झै प्रयोग गर्नु राम्रो होईन।’

वैठकको एकदिन अघि प्रस्ताव वोकेर पुगेका पौडेल र दाहाल विच आन्तरिक विवाद समाधानका विषयमा छलफल भएको छ ।

विवादको समाधानको सूत्र खोजेर मात्रै पार्टी कमिटीका बैठक बस्नुपर्ने ओलीको प्रस्ताव महासचिव पौडेलले अध्यक्ष दाहाललाई सुनाएका छन् । उनले समस्या झन जटिल बनाउनुभन्दा दुई अध्यक्ष र अन्य नेताहरूबीच छलफल गरेर समाधानसहित छलफल गर्न प्रस्ताव गरेको जनाईएको छ ।

अध्यक्ष दाहालले भने सचिवालयले तय गरेको बैठकको मिति भएकाले सचिवालयमा नै छलफल गरेर अघि वढ्ने वताएको दाहालको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार दाहालले विवादका सबै विषयमा छलफल गर्नका लागि एजेन्डासमेत तय गरेर सचिवालय बैठकले नै मिति तोकेकाले अहिले आएर सार्न नमिल्ने बताएका छन् ।

नेकपाको सचिवालय बैठक बुधबार दिउँसो १ बजे बोलाइएको छ । यसअघि लामो कसरतपछि कार्तिक २८ गते सचिवालय बैठक बसेको थियो । सचिवालय बैठकअघि दुवै अध्यक्षले पत्रमार्फत एकअर्कालाई घोचपेच गरेका थिए ।

एक अर्काको खोट देखाउन दुवै अध्यक्षले सक्दो प्रयास गरेका थिए । अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई अध्यक्ष दाहालसहित वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन भन्दै सहमतिपत्र बुझाएका थिए । दाहाल–नेपाललगायत ५ सचिवालय सदस्य पटकपटक अनौपचारिक बैठक बसेर सचिवालयको औपचारिक बैठकका लागि दबाब सिर्जना गरेका थिए ।

शुक्रबारको बैठकमा अध्यक्ष दाहालले एकल राजनीतिक प्रस्ताव पेश गरेका थिए । जसलाई अध्यक्ष ओली पक्षले ‘आरोपपत्र’को संज्ञा दिँदै फिर्ता हुनुपर्ने माग गरेका छन् । खनाल, गौतमलगायत नेताहरूले भने उक्त प्रस्तावमा आफूहरूको सामुहिक प्रस्ताव भएको वताउँदै आएका छन् ।

विशेष