News

चीनसँगको सिमा निरिक्षण गर्ने प्रमको कार्यक्रम स्वागतद्वार वनिसकेपछि दवावमा स्थगित

चीनसँगको सिमा निरिक्षण गर्ने प्रमको कार्यक्रम स्वागतद्वार वनिसकेपछि दवावमा स्थगित

चीन स्वशासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षण गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रम स्थगित भएको छ । मंसिर ५ गतेका लागि निर्धारण गरिएको कार्यक्रम चिनको चर्को दवावका कारण अन्तिम समयमा आएर स्थगित गरिएको हो ।

ताप्लेजुङका सिडिओ झरेन्द्रप्रसाद चापागाईले प्रधानमन्त्रीको सचिवालयबाट ५ गतेको कार्यक्रम स्थगन भएको जानकारी आफूले पाएको जानकारी दिएका छन् । प्रधानमन्त्रीले ताप्लेजुङ्गको उत्तरी क्षेत्र र तिब्बतको सीमा क्षेत्र टिपताला भञ्ज्याङको निरीक्षण तथा फक्ताङ्लुङ गाउँपालिका स्थित लेलेपको घुन्सामा निर्माण गरिएको स्वास्थ्य एकाइ कार्यालय उद्घाटनको कार्यक्रम थियो ।

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको ३ हजार ५ सय मिटर उचाईमा रहेको घुन्सा गाउँमा प्रधानमन्त्री ओलीका लागि स्वागतद्वार समेत निर्माण गरिएको थियो । गाउँको सरसफाइ तथा सजावट सबै काम सकिएपछि ओलीको कार्यक्रम स्थगित भएपछि स्थानीयवासी निरास भएका छन् ।

गाउँको विकास निर्माण तथा राज्यबाट थप सेवा सुविधाको मागपत्रसमेत तयार पारेका स्थानीयले कार्यक्रम नै स्थगित भएपछि आफना कुरा सरकारलाई सुनाउन पनि नपाएको भन्दै चिन्ता ब्यक्त गरे ।
 

विशेष