News राजनीति

ओलीले किन गर्छन हुलाकीको प्रयोग ? यसरी झुक्याए प्रचण्डलाई

ओलीले किन गर्छन हुलाकीको प्रयोग ? यसरी झुक्याए प्रचण्डलाई

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली आफुमाथी आईलाग्ने जस्तासुकै संकट टार्न माहिर नेता मध्ये एक हुन। उखान टुक्का प्रयोगदेखि चिप्ला कुरा गरेर सहजै संकट ब्यवस्थापन गर्न सक्ने अदभुत क्षमता छ ओलीमा।

फकाउने, गलाउने र त्यसले पनि काम नगरे आस्वासन वाँडेर भएपनि विपक्षीलाई तह लगाउने रणनीतिमा ओली सर्वश्रेष्ठ नै मानिन्छन् । तर, पछिल्लो समय भने उनका सवै अस्त्र असफल हुँदै गएको भान हुन थालेको छ । आफ्नै दल भित्रको आन्तरिक विवादमा उनी फस्दै गएका छन् । सवै अस्त्र सकिएपछि आस्वासन वाँडेर भएपनि संकट पार लगाउने ओलीको क्षमता यस पटक भने सफल हुन सकेको छैन । 
 
पटक–पटक आस्वासन वाँड्ने तर कार्यान्वन गर्ने वेलामा नयाँ–नयाँ तिगडम झिक्ने उनको स्वभावका कारण नेताहरु आजित छन् । उनको स्वभाव वुझेका नेताहरु यस पटक भने टसमस भएका छैनन् । प्रचण्ड, माधव नेपाल, वामदेव गौतम, इश्वर पोखरेललगायत सवै नेतालाई ओलीले धेरै पटक झुक्याई सकेकाले यस पटक उनीहरु मोर्चा वनाएर अघि वढेको नेताहरु वताउँछन् ।

आफु सामु नपरी दोश्रो तहका नेता मार्फत आस्वास वाँड्ने ओली रणनीतिले यस पटक काम गर्न नसकेको उनीहरुको वुझाई छ । 

संसदीय दलको निर्वाचनका बेला ओलीले विष्णु पौडेल मार्फत वामदेवलाई प्रधानमन्त्री बनाउने आश्वासन दिए। तर, प्रतिनिधि सभा निर्वाचनमा भने गौतमलाई हराउन ओलीले नै भुमिका खेलेको आरोप लाग्ने गरेको छ । सांसद नै नभएको ब्यक्ति प्रधानमन्त्री वन्न नसक्ने र आस्वासन दिएपछि सरक्क फकाउन पनि सकिने सहज पात्रका रुपमा ओलीले गौतमलाई प्रयोग गरे । 

उनलाई रास्ट्रिय सभा सदस्यमा मनोनयन गर्न पनि ओलीले आनाकानी गरे। तर, प्रिय पात्र भनेर चिनिएका डा. युबराज खतिवडालाई भने उनले चेपेको चेपै गरे। अप्ठ्यारो अवस्था आएपछि वाध्य भएर गौतमलाई राष्ट्रिय सभामा मनोयन त गरे, तर अदालतमार्फत अवरोध पनि उनैले गरेको आरोप लाग्ने गरेको छ ।

यसरी, धेरै पटक आस्वासन पाएका तर, अवसर नपाएका गौतम यस पटक भने चनाखो भएको उनी निकटका नेताहरु वताउँछन् । 

यसैगरी, महाधिबेसनका बेला झलनाथ खनालाई पनि रास्ट्रपति बनाउने भनेर प्रभाबमा पारे। यही आस्वासनका कारण उनी माधव नेपाल र केपी ओली कसैको समुहमा नलागी तठस्थ रहे। तर, पछि विद्या भण्डारीलाई राष्ट्रपतिमा प्रस्ताव गरेपछि झलनाथ कुँडिएको पार्टी संगनभित्रको वुझाई छ ।

‘मेरो स्वास्थ्य अवस्था कमजोर छ, अवको उत्तराधिकारी तपाईं नै हो’ भन्दै ईश्वर पोखरेल, वामदेव गौतम र पुस्पकमल दाहाल (प्रचण्ड) तीनै जनाई प्रभावमा राखे। संगठनमा प्रभावशाली रहेका पोखरेलले उत्तराधिकारीको आशमा ओली क्याम्प छोड्न चाहेनन् । तर, पार्टी एकिकरणका समयमा उनलाई महासचिववाट गलहत्याएर मन्त्रीमा अल्झाएको नेताहरु वताउँछन् । यसै कारण ‘पार्टी एकिकरण भएपछि आफनो भुमिका कम भएको’ भन्दै पोखरेल चप्रण्डसँग रुष्ट रहेको उनीहरुको वुझाई छ ।

ओलीले यस पटक पनि आस्वासन वाँडेर विपक्षीलाई कमजोर वनाउने रणनीति वनाए । पार्टी र सरकारमा एकलौटी निर्णय गर्ने र आफ्ना निकटकाहरुलाई मात्रै अवसर दिने ओलीको ब्यवहारका कारण टिमवाट सजिलै अलग गर्न सकिने ठानिएका उपाध्यक्ष वामदेव गौतमले समेत उनलाई भाउ दिएनन्।

त्यस लगत्तै उनले माधव नेपाललाई वोलाएर आफुलाई सहयोग गर्न र अध्यक्षको तयारी गर्न भने । नेपालले वैठकवाटै समस्याको समाधान खोज्न भनेपछि उनी फेरी प्रचण्डलाई फकाउने प्रयासमा जुटेका छन् । तर, ओली अहिले पनि विपक्षी समुहलाई चोईट्याएर प्रचण्डलाई पेन्डुलम बनाउने र क्रान्तिकारीपनलाई भुत्ते बानाएर सिद्याउने दाउमा रहेको नेताहरुको आरोप छ ।

यसै क्रममा मंगलवार फेरी ओलीको हुलाकी वनेर महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल खुमलटार पुगे । वैठकको एकदिन अघि ओलीको खवर वोकेर पुगेका पौडेलले विवाद समाधानको सूत्र खोजेर मात्रै पार्टी कमिटीका बैठक बस्न र अहिलेको वैठक सार्न प्रस्ताव गरे । तर, दाहालले भने सचिवालयले तय गरेको बैठकको मिति भएकाले सचिवालयमा नै छलफल गरेर अघि वढ्ने वताएपछि पौडेल फर्केका छन् ।

नेकपाको सचिवालय बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ । 

विशेष