काठमाण्डौंमा ओली पक्षका युवाको गोप्य भेला, यस्तो छ छलफलको विषय
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद भातृ संगठनमा पनि देखिन थालेको छ ।
यसै मेसोमा प्रधानमन्त्री एवम नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका युवाहरुले वुधवार काठमाण्डौंमा गोप्य भेला गरेका छन् । पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओली विरुद्ध प्रस्तुत गरेको राजनितिक प्रस्तावका विषयमा भेलाले घनिभुत छलफल गरेको एक केन्द्रिय सदस्यले जानकारी दिए ।
प्रचण्डको प्रस्ताव एकताको मर्म र भावना तथा भर्खरै सम्पन्न स्थायी कमिटीको बैठकको स्प्रिट विपरित भएको भेलाले निस्कर्ष निकालेको छ । यसैगरी, आपसी समझदारीमा पार्टीका कामकारवाही अघि वढाउने गरी अन्तरिम विधानमा भएको ब्यवस्था विपरित प्रस्ताव आएको भन्दै केहि सदस्यहरुले त्यसमा घोर आपत्ति जनाएका छन् ।
आफ्नो परिभाषित जिम्मेवारी पुरा नगरी कम्युनिष्ट आन्दोलनलाई नै कमजोर बनाउन खोजिएको, आफुसँग सल्लाह भएर गरेका कामको पनि जिम्मेवारी नलिएको लगायतका विषयमा भेलामा आलोचना भएको स्रोतले जनाएको छ ।
भेलाको नेतृत्व राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सह संयोजक रमेशकुमार पौडेलले गरेको जनाईएको छ ।
पछिल्लो समय नेकपाको विवादले राष्ट्रिय राजनिति नै विथोलिएको छ। एउटा पार्टीको आन्तरिक विवादका कारण ब्यवस्था माथि नै प्रश्न उठ्न थालेको विश्लेषकहरु वताउँछन् ।
विवाद वढ्दै जाँदा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड समुह विच पानी वारावारको अवस्था आएको छ । दुवै समुह आरोप प्रत्यारोपमा उत्रिएका छन् भने दुवै अध्यक्ष पत्र युद्धमा उत्रिएका छन् ।
तथापी समस्या समाधानको प्रयास भने जारी छ । यसैक्रममा वुधवार वसेको सचिवालय वैठकले प्रधानमन्त्रीको प्रस्तावलाई स्विकार्दै प्रचण्डले पेस गरेको प्रस्तावको जवाफ दिन १० दिनको समय उपलब्ध गराएको छ ।
अर्को वैठकमा ओलीले आफनो प्रस्ताव प्रस्तुत गर्ने र त्यसै सेरोफेरोमा रहेर छलफल अघि वढ्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।