News राजनीति

नेकपा विवाद उत्कर्षमा, योगेश भट्टराईले सवेरै लेखे– सर्वाधिक कठीन समय !

नेकपा विवाद उत्कर्षमा, योगेश भट्टराईले सवेरै लेखे– सर्वाधिक कठीन समय !

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेको छ। नेताहरुका अभिब्यक्ति र दौडधुपले पार्टी एकिकरणमै समस्या आउन सक्ने संकेत देखिएका छन् ।

सचिवालय वैठकको केहि घण्टाअघि पर्यटनमन्त्री योगेश भट्टराईले पार्टीको विवादलाई संकेत गर्दै सामाजिक संजालमा ‘सर्वाधिक कठिन समय’ भनेर पोष्ट गरेका छन् । पार्टीको सचिवालय वैठक आजै एक वजेलाई वोलाईएको छ । 

यसैगरी, प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले चिनियाँ राजदूत होउ यान्छीसँग पनि भेटघाट गरेका छन् । पार्टीको विवाद चर्किएको बेला नेपालका लागि चिनियाँ राजदुतको सक्रियता पुनः बढेको हो ।

प्रधानमन्त्रीसँग राजदुतको भेटवार्ता करिब डेढ घण्टा चलेको थियो ।
यसअघि पनि आन्तरिक विवादका कारण फुट नजिक पुगेको नेकपालाई जोगाउन राजदूत यान्छीले भूमिका खेलेको बताइन्छ ।

गत वैशाखको सचिवालय बैठकमा नेकपा नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको थियो । त्यसबेला नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, ओली, माधव नेपाल लगायतका नेताहरुलाई अलग–अलग भेटवार्ता गरेकी थिइन् ।

विशेष