सचिवालय वैठक वस्नुअघि ओलीले किन भेटे राष्ट्रपति
पार्टी भित्रको विवाद समाधानका विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई भेटेका छन् ।
केही समय अगाडि शीतल निवास पुगेका ओली राष्ट्रपति कार्यालयमै रहेको जनाईएको छ । ओलीले १ वजेका लागि वोलाईएको मन्त्रिपरिषद् बैठक पनि एक घण्टा पर सारेका छन् ।
ओलीले सचिवालय बैठक बोलाइएकै समयमा मन्त्रिपरिषद् बैठक पनि बोलाएका थिए । वैठक एक घण्टा पछि सरेकाले सचिवालय बैठक पनि बस्ने सम्भावना वढेको नेताहरु वताउँछन् ।
नेकपाको विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति भण्डारी सक्रिय देखिएकी छन् ।
नेकपाका दोस्रो तहका नेताहरु पनि यो समयमा गम्भिर देखिएका छन् । पार्टी अहिलेसम्मकै गम्भिर मोडमा पुगेको उनीहरुको वुझाई छ ।